१० खर्ब अमेरिकी डलरको त्यो सिक्का, जसले अमेरिकालाई टाट पल्टनबाट बचाउन सक्छ !



काठमाडौं । अमेरिकालाई कर्जा संकटबाट बचाउनका लागि रिपब्लिकन र डेमोक्रेटको समय तीव्ररुपमा समाप्त भइरहेको छ।

कर्जा सीमा बढाउनका लागि जुन महिनाभन्दा पहिला सहमति नबने अमेरिका ऋणको कानुनी दायित्व वा सर्तहरू पूरा गर्न असफल हुनेछ । जसको असर वैश्विक अर्थव्यवस्थामा पर्ने छ । किन कि अमेरिका पूरै विश्वको अर्थव्यवस्थाको धुरी हो ।

पछिल्ला दिनमा व्हाइट हाउस र कांग्रेसमा रिपब्लिकन्सले संकेत दिएका छन् कि कुराकानी सकारात्मक दिशातर्फ गइरहेको छ । तर, फेरि पनि मानिसमा छटपटी छ ।

यस्तोमा केही विद्वान र विश्लेषक अन्तिम उपायका रूपमा एक खर्ब अमेरिकी डलरको मूल्य रेको प्लेटिनमको सिक्काको चर्चा गरिरहेका छन् जसले देशलाई डिफल्ट हुनबाट बचाउन सक्छ ।

सन् १९९७ मा बनेको एक कानुन अमेरिकाको ट्रेजरी मन्त्रीलाई कुनै पनि कारण र जति पनि मूल्यको प्लेटेनियम सिक्का निकाल्न अनुमति दिन्छ ।

प्लेटिनम सिक्काको वकालत गर्नेहरुले यदी अमेरिकी कांग्रेसमा कर्जाको सीमा बढाउने विषयमा सहमति नबनेको खण्डमा यस तरिकाबाट अमेरिकी सरकार आफ्नो खर्चको बहन गर्न सक्छ र टाटपल्टनबाट बच्न सक्छ ।

तर, ट्रेजरीमन्त्री जेनेट येलेनले यसलाई अस्वीकार गरेका छन् तर वाइडेन प्रशासनका केही अधिकारी यसबारेमा सकारात्मक सोच राख्छन् ।

यदी सरकारले यस्तो निर्णय गरे एक खर्ब डलरको सिक्का उपलब्ध हुने छ ।

कसरी जारी हुन सक्छ यो सिक्का ?

अमेरिकी कर्जा सीमालाई बढाउनका लागि यो कहिले पनि समाधान हुन सकेको छैन ।

तर ट्रेजरी सचिवलाई यस्तो विशेष र अतिरिक्त सिक्के जारी गर्ने अधिकार हुन्छ जसलाई मानिसहरुले किन्न सक्नेछन् ।

दश खर्ब डलरको प्लेटिनमको एक सिक्का निकाल्ने निर्णय लिए के हुन्छ ?

यूएस मिन्टका पूर्व प्रमुख फिलिप डिएल भन्छन् , ‘उनले मात्र सिक्कामा एक खर्ब डलर लिखेख फेडरल रिजर्वलाई पठाइदिनु पर्ने छ ।’

तर मानिस यो कल्पना गर्न सक्छन् कि यति ठूलो मूल्यको प्लेटिनम सिक्का पनि निकै ठूलो र भारी हुनेछ । तर वास्तवमा यो सिक्का क्वाटर (एक चौथाइ मूल्यको डलर) डलरको मूल्यको सिक्का बराबार हुन छ जसलाई खल्तीमा राख्न सकिने छ।

यतिसम्मकी सिक्कामा दश खर्बमा जति शून्य हुन्छ त्यो पनि लेख्न आवश्यक छन, मात्र त्यहाँ एक ट्रिलियन डलर लेखे पुग्छ ।

अब प्रश्न यो उठिरहेको छ कि जब लेखेर कुनै पनि सिक्काको मूल्य तय गर्ने भएपछि प्लेटिनमको सिक्का नै किन ?

वास्तवमा अमेरिकी कानुनका अनुसार ५० डलरभन्दा अधिक मूल्यका सिक्काका लागि प्लेटिनम धातुको प्रयोग अनिवार्य गरिएको छ।

एक खर्ब डलरको सिक्का बनाउने उपाय दिने विलमेट युनिवर्सिटीका प्राध्यापक रोहन ग्रे भन्छन्, ‘यदी तपाईंलाई टाट हुने मुद्रा छाप्नेमा कुनै एक छान्नु छ भने तपाईं के गर्नु हुन्छ… कार्यपालिका डिफल्ट हुने अनुमति त दिन सक्दैन ।’

कसरी आयो विचार ?

वास्तवमा डिफल्टबाट बचाउनका लागि एक खर्ब डलरको सिक्का जारी गर्ने सोच पहिलोपटक २०१० मा एक ब्लगमा कार्लोस मूचा नामका अटलान्टाका एक वकील ले व्यक्त गरेका थिए ।

कार्लोसले १९९७ को मुद्रा सम्बन्धी कानुनको माध्यमबाट प्लेटिनमको सिक्का निकाल्नका लागि अनुमति छ ।
‘चाखलाग्दो छ कि कांग्रेसले पहिले नै ट्रेजरीलाई एक खर्ब डलरको सिक्के बनाउन अधिकार दिइसकेको छ’ उनले लेखेका थिए।

मूचालाई उनले यस विचार व्हाइट हाउस र क्यापिटल हिलसम्म चर्चामा आउँछ भन्ने उनले सोचेका थिएनन् ।

यसको केही दिन पछि मिन्टका पूर्वप्रमुख फिल डिएललाई एक मेल आयो जसमा भनिकएको थियो कि कार्लोसको यो प्रस्तावले ‘साच्चै काम गर्न सक्छ ।’

यो कुरा भाइरल भयो र ब्लगका समर्थकको संख्या बढ्न लाग्यो तर २०११ सम्म यो सार्वजनिक बहसको मुद्दा बनेन । जबसम्म बराक ओबामाको पहिलो कार्यकालमा कर्जाको संकट आएको थिएन ।

त्यबेला ७ हजार मानिसको हस्ताक्षर भएको एक पत्र प्रकाशित गरिएको थियो जसमा ठूला ठूला अर्थशास्त्री, नोबल पुरस्कार विजेता पल क्रुगमैन र फिलिप डिएल लगायतले समर्थन गरेका थिए ।

ट्विटरमा #MintTheCoin को ह्यासट्यागको अभियान पनि चलाइएको थियो । तर तब राजनीतिक संकट हल भयो र यस अघि यो बढ्न सकेन ।

अमेरिकामा कर्जाको सीमा बढाउने जो संकट चलिरहेको छ त्यसमा बाइडनको सरकारले यस खालको कुनै विकल्पमा विचार गर्न इन्कार गरेको छ ।

ट्रेजरी सेक्रेटरी जेनेट येलेनले केही दिन पहिला भनेका थिए, ‘मेरो विचारमा यो एक धोका हुनेछ ।’

कर्जाको सीमा बढाउने बाइडेनको अपीलमा रिपब्लिकन सहमत छैनन् र उनीहरुको माग सार्वजनिक खर्चमा कटौती रहेको छ।

यदी १ जुनसम्म दुबै पार्टीबीद्ब कुनै सहमति नभएको खण्डमा अमेरिका भुक्तान गर्न असफल हुन थाल्ने छ ।

बीबीसीबाट


क्लिकमान्डु