एसोसिएट सदस्यको अन्तिम परिणामः लोकप्रिय मत डा. थपलियालाई, अरु को-को विजयी ?
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको हिजो भएको निर्वाचनअन्तर्गत एसोसिएट सदस्यतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
एसोसिएटतर्फ १९ पदका लागि २९ जनाले उम्मेदवारी दिएका थिए । कुल १६ सय ४९ मत खसेकोमा सर्वाधिक धेरै डा. रामशरण थपलियाले १४ सय ४० ल्याएका छन् ।
एसोसिएट सदस्यतर्फ को-को विजयी ?
१. डा. रामशरण थपलिया १४४०
२. मनोज पौडेल १३७३
३. आनन्दकुमार बगेरिया १३६४
४. अम्बिकाप्रसाद पौडेल १३६३
५. सुनिलनारायण श्रेष्ठ १३४२
६. सुशील थापा १३२९
७. शैलेन्द्र गुरागाईं १३१५
८. राजेशकुमार अग्रवाल १३१२
९. हेमन्त गोल्छा १३००
१०. देशबन्धु बस्नेत १२८४
११. अविनाश बोहोरा १२७५
१२. गोपाल खनाल १२६५
१३. उज्वलकुमार श्रेष्ठ ११९१
१४. प्रबलजंग पाण्डे ११२८
१५. जुना माथेमा ९९१
१६. शक्तिकुमार बेगानी ९८८
१७. सन्दीपकुमार अग्रवाल ९२५
१८. ऋणी अग्रवाल ८८१
१८. मुकुन्दप्रसाद तिमल्सिना ८४२
महासंघका लागि एसोसिएटतर्फका उपाध्यक्षको मतगणना सुरु भएको छ । एसोसिएट उपाध्यक्षका लागि ज्योत्स्ना सुब्बा श्रेष्ठ र भरतराज आचार्य प्रतिस्पर्धामा छन् ।
ज्यात्स्नाले रामचन्द्र संघईको प्यानलबाट उपाध्यक्षमा उम्मेदवारी दिएकी हुन् भने आचार्य उमेशलाल श्रेष्ठ र अन्जन श्रेष्ठका साझा उम्मेदवार हुन् ।
हिजो भएको निर्वाचनमा एसोसिएटतर्फ १५ सय १ मत खसेको छ । वस्तुगततर्फ र जिल्ला नगरतर्फका उपाध्यक्षको अन्तिम नतिजा आइसकेको छ ।
वस्तुगततर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल समूहका हेमराज ढकाल निर्वाचित भएका छन् । त्यस्तै जिल्ला नगरतर्फको उपाध्यक्षमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार संघई समूहका सुरकृष्ण वैद्य निर्वाचित भएका छन् ।