मुक्तिनाथ कृषि कम्पनीले पाँच महिनामा गर्‍यो ७ करोडको व्यापार



काठमाडौं । मुक्तिनाथ विकास बैंकको सबैभन्दा बढी लगानी रहेको मुक्तिनाथ कृषि कम्पनीले चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा ७ करोड रुपैयाँको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ को पाँच महिनाको अवधिमा ७ करोड रुपैयाँको व्यापार गरेको हो ।

कम्पनीले सन् २०२२ मा १९ करोड २० लाख रुपैयाँ, सन् २०२१ मा ९ करोड ८० लाख रुपैयाँ र सन् २०२० मा १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

मुक्तिनाथ कृषि कम्पनीले सन् २०१८ देखि कृषि क्षेत्रमा खुद्रा व्यापार, ट्रेडिङ, अनुसन्धान, विकास तथा आपूर्ति व्यवस्थापनमा संलग्न रहेको छ । कम्पनीले सन् २०२२ मा खुद्रा व्यापारबाट ९० प्रतिशत आम्दानी गरेको जनाएको छ ।

मुक्तिनाथ विकास बैंकको २७.८ प्रतिशत हिस्सा रहेको कम्पनीमा अन्य ८६२ जनाको लगानी छ । उक्त लगानीमध्ये सबैभन्दा बढी भरतराज ढकालको २.४ प्रतिशत हिस्सा छ ।

कम्पनीले कृषि सम्बन्धी विभिन्न मेशिनरी सामग्री बिक्री वितरण गर्दै आएको छ । सन् २०१८ देखि कृषि सम्बन्धी सामग्री बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२३ को ५ महिनाको अवधिमा १२.३ प्रतिशतले नाफा कमाएको छ ।


क्लिकमान्डु