असली हिमालीको ‘अल इन वान वास’ बजारमा



काठमाडौं । हिमालयन नेचुरल कम्पनी अलसी हिमालीले हिमाली अल इन वान वास उत्पादन बजारमा ल्याएको छ ।

कम्पनीले नेपालको प्राकृतिक जडिबुटी तथा बनस्पतिबाट उत्पादन भएको अल इन वान वास बजारमा ल्याएको हो ।

एउटै अल इन वान वासले नुहाउने साबुन, स्याम्पू, कण्डिसनर, सेभिङ र फेसवास सबैको काम गर्ने कम्पनीले जनाएको छ । यसको मूल्य ७९ रुपैयाँ रहेको छ ।

असली हिमालीले रसायन तथा कुनै पनि हानिकारक तत्व नमिसाईएको उत्पादनः साबुन, स्याम्पू, कण्सिनर, जिउ र कपालमा लगाउने तेल, मुखमा लगाउने स्क्रब, सेभिङ बार र फेसवास बजारमा ल्याएको हो ।

असली हिमालीको बडि केयर र खाद्य उत्पादन साकाहारी र जनावरमा परिक्षण नगरीएको उत्पादन हो । असली हिमालीको खाद्य उत्पादन नेपाल सरकारको खाद्य प्राविधि तथा गुण नियन्त्रण र बडि केयरका अवयवहरु अमेरिका को रजिस्ट्रार कर्पोरेसनबाट पनि नियन्त्रण भएको छ ।

कम्पनीका अनुसार ग्राहकहरुले कुनै पनि मन नपराएको उत्पादन खरिद गरेको बील एक पटक असलीलाई बुझाएमा सो को भुक्तानी भएको रकम बिना कुनै सोधपुछ फिर्ता पाउने छन् ।

असली हिमालीका उत्पादन काठमाडौँमा साथिमार्टको स्टोर (मैतिदेबी, सानेपा, बालकुमरि, टोखा) लगायत लाजिम्पाट, ठमेल, बानेश्वर, पोखरा, जनकपुर, दाङका स्टोरहरुमा पाउन सकिन्छ ।

साथै दराज, ग्यापु मार्केट प्लेस, स्मार्टडोको र सस्तोडिल जस्ता अनलाइनमार्ट मार्फत खरिद गर्न सकिने कम्पनीको भनाइ छ ।


क्लिकमान्डु