कोरोनाका बिरामी बढ्दा विराटनगर अस्पतालको आम्दानीमा उछाल, साढे १ अर्बको व्यापार



काठमाडौं । कोरोना महामारीको बिरामी बढ्दा विराटनगर अस्पताल प्रालिको आम्दानीमा उछाल आएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाबाट अधिकांश मानिस संक्रमित भएका थिए । सो अवधिमा संक्रमित भइ अस्पतालमा जानुपर्ने अवस्था सिर्जना हुँदा अस्पताहरुको आम्दानीमा उछाल आएको देखिएको हो ।

त्यस्तै, कोरोना महामारीले गर्दा बिरामीको संख्या बढ्दा विराटनगर अस्पतालले सन् २०२१ मा १ अर्ब ५५ करोड ६० लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीले सन् २०२० मा ९८ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ७६ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

सन् २००८ स्थापना भएको अस्पतालको अध्यक्ष ज्ञानेन्द्रमान सिंह कार्की हुन् । अस्पतालमा ६३४ वटा बेडको सुविधा छ । अस्पतालले डाइग्नोस्टिक क्षेत्रमा विभिन्न प्रकारका सुविधा प्रदान गर्दै आएको छ । साथै, अस्पतालले एमबीबीएस, बीएससी नर्सिङ र बीपीटी पोग्रामजस्ता कक्षाहरु काठमाडौं विश्वविद्यालयय अन्तर्गत सञ्चालन गर्दै आएको छ ।

त्यस्तै, कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब ९० करोड रुपैयाँ अर्थात् डबल बी र अल्पकालीन कर्जाका लागि १० करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

अस्पतालले आफ्नो क्षेत्राधिकार बढाउने उद्देश्यसहित अस्पतालको परिसरमै नयाँ क्यान्सर विशेष अस्पताल निर्माण गरेको छ । अस्पतालले नयाँ क्यान्सर विशेष अस्पताल बनाउनका लागि २ अर्ब ८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ । अस्पतालअनुसार सो अवधिमा विदेशी मुद्रा तथा अनय वस्तुको मूल्य बढ्दा १० करोड रुपैयाँभन्दा बढी खर्च भएको जनाएको छ ।

हाल अस्पतालको निर्माण कार्य सम्पन्न भइसकेको छ । अस्पताल सन् २०२३ को जनवरीबाट सञ्चालन हुने कम्पनीको भनाइ छ । अस्पतालले पछिल्लो ३ वर्षमा ३० प्रतिशतको हाराहारीमा नाफा कमाएको जनाएको छ ।

त्यस्तै। अस्पतालले सन् २०२२ देखि बीएसी नर्सिङ र बीपीटी कक्षा सञ्चालनमा ल्याएको छ । जसमा अस्पतालले आम्दानी गरेकोमध्ये हस्पिटलको बिरामीको उपचारबाट गरेको छ भने २२.७० प्रतिशत आम्दानी मेडिकल गरेको जनाएको छ । सन् २०२१ मा अस्पतालले बिरामीको उपचारबाट ७७.३१ प्रतिशत र कक्षा सञ्चालनबाट १९.५८ प्रतिशत आम्दानी गरेको छ ।


क्लिकमान्डु