न्यू होल्यान्ड निर्माण सामग्री बेच्ने बीएस मोटर्सको ब्यापारमा सुधार



काठमाडौं । नेपाली बजारका लागि न्यू होल्यान्ड निर्माण सामग्रीको आधिकारिक विक्रेता बीएस मोटर्स प्रालिले एकै वर्ष ६३ करोड ३० लाख (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ ।

भुषाल ग्रुपद्वारा सञ्चालित कम्पनीको अध्यक्ष बालकृष्ण भुषाल हुन् । कम्पनीअनुसार सन् २०२२ मा १०३ युनिट न्यू होल्यान्ड ब्याकहोइ लोडर बिक्री गरेको छ । कम्पनीले सन् २०२१ मा ३१ वटा मात्रै बिक्री गरेको थियो ।

त्यस्तै, कम्पनीको नाफामा पनि सुधार आएको छ । कम्पनीले सन् २०२२ मा २.२४ प्रतिशतले नाफा कमाएको छ । सन् २०२१ मा ०.३६ प्रतिशतले कमाएको थियो ।

कम्पनीले सन् २०२२ मा ६३ करोड २० लाख रुपैयाँको व्यापार गरेको हो । कम्पनीले सन् २०२१ मा १२ करोड ५० लाख रुपैयाँ, सन् २०२० मा १७ करोड ८० लाख रुपैयाँ र सन् २०१९ मा ५५ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०१६ देखि आधिकारिक विक्रेताको रुपमा न्यू होल्यान्डको निर्माण समग्री र पाटपूर्जा देशभर बिक्री गर्दै आएको छ । कम्पनीले ब्याकहोइ लोडर, रोलर, स्काभेटर र पाटपूर्जा न्यू होल्यान्ड ब्रान्डमा बिक्री गर्दै आएको छ ।

सन् २०२२ सम्ममा देशभर २८ वटा सब–डिलर रहेको कम्पनीले अल्पकालीन कर्जाका लागि ६१ करोड रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीको व्यापार पूर्वाधार निर्माण क्षेत्रको गतिविधिअनुसार हुन्छ । जसमा सरकारले पूर्वाधार निर्माण क्षेत्रमा कम प्राथमिकता दिएको अवस्थामा निर्माण सामग्रीको बिक्री पनि कम हुने गर्छ । नेपाली बजारमा निर्माण सामग्री बेच्ने कम्नीहरुको बढ्दो प्रतिस्पर्धा छ । त्यसैले, आफ्नो ग्राहकले आकर्षित गर्नका लागि विभिन्न कम्पनीहरुले छुट तथा एक्सचेन्ज गर्ने जस्ता अफर सार्वजनिक गर्ने प्रवृत्ति रहेको कम्पनीको भनाइ छ ।


क्लिकमान्डु