आइएमई पेको हवाई यात्रा अफर, विजेतालाई १ रुपैयाँमा फ्लाइट टिकट



काठमाडौं । आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरलाई मध्यनजर गर्दै हवाई यात्रा अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार आइएमई पे एप मार्फत हवाई टिकट काट्ने मध्ये हरेक दिन एक जना भाग्यशाली विजेताले १ रुपैयाँमा उक्त टिकट प्राप्त गर्न सकिने छ ।

प्रयोगकर्ताहरुले हवाई टिकट खरिद गर्दा कुल रकममै खरिद गर्नुपर्ने हुन्छ । यो अफरमा प्रतिदिन विजेता घोषित हुने एक जना भाग्यशाली विजेताले १ बाहेकको पूर्ण मुल्य क्यासब्याक स्वरूप पाउँनेछन् ।

आम निर्वाचनमा मतदाताहरूलाई आफ्नो मताधिकार प्रयोगमा सहज होस् भन्ने उद्देश्यका साथ १ रुपैयाँमा हवाई टिकट अफर सार्वजनिक गरिएको हो । अफर कात्तिक ३० देखि मंसिर ९ गतेसम्म कायम रहने छ ।


क्लिकमान्डु