उपकार ब्राण्डको खाद्यान्न बेच्ने नटराज एग्रोको व्यापार ४७ प्रतिशतले बढ्यो



काठमाडौं । ‘उपकार’ ब्राण्डको विभिन्न प्रकारका खाद्यान्न बेच्ने नटराज एग्रो प्रालिको व्यापार ४७ प्रतिशतले बढेको छ । कम्पनीको सन् २०२१ को तुलनामा सन् २०२२ मा ४७ प्रतिशतले व्यापार बढेको हो ।

कम्पनीले सन् २०२२ मा १ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । सन् २०२१ मा कम्पनीले १ अर्ब २५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीले चामल, सिमी, दाल, मैदा, चियासहित कृषि औजार जस्तै टिल्लर, वाटर पम्प, स्प्रे पम्प र अन्य आधुनिक प्रकारका कृषि औजार मागअनुसार बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले ‘उपकार’ ब्रान्डको चामल, दाल, सिमी र मैदा बेच्दै आएको छ । कम्पनीअनुसार आम्दानी गरेकोमध्ये ७० प्रतिशत एग्रो प्रोडक्टबाट भएको छ । आन्तरिक उत्पादनले बजारको माग नधान्ने भएकाले ५० प्रतिशत आयात गर्नुपर्ने बाध्यता रहेको कम्पनीको भनाइ छ ।

शिखर अर्गनाइजेशनबाट सञ्चालित कम्पनीको केदरनाथ शर्मा अध्यक्ष हुन् । कम्पनीले सन् २०२२ मा ५.१९ प्रतिशतले नाफा कमाएको छ । कम्पनीले सन् २०२१ मा १.३९ प्रतिशतले नाफा कमाएको थियो ।

कम्पनीले सन् २०२२ मा २ करोड ९० लाख रुपैयाँ नाफा कमाएको जनाएको छ । सन् २०२१ मा ३० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब २४ करोड ५० लाख अर्थात् डबल बी रेटिङ् पाएको छ ।


क्लिकमान्डु