कुमारी बैंक र द हिमालयन ग्रील बाइ बाजेकोबीच सम्झौता, १५ प्रतिशतसम्म छुट



काठमाडौं । कुमारी बैंक लिमिटेड र द हिमालयन ग्रील बाइ बाजेकोबीच सम्झौता भएको छ ।

आफ्ना ग्राहकवर्गलाई सेवाहरुमा कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वा क्यूआरमार्फत् भुक्तानी गर्दा विशेष छुट प्रदान गर्ने उद्देश्यका सम्झौता भएको हो ।

सम्झौतापत्रमा द हिमालयन ग्रील बाइ बाजेकोको तर्फबाट सञ्चालक मौसम कुमार श्रेष्ठ र कुमारी बैंकको तर्पmबाट रिटेल बैंकिङ्ग प्रमुख अन्जना मिश्रले हस्ताक्षार गरेका छन् ।

डिजिटल कारोबारमा ग्राहकहरू आकर्षित भईरहेको कुरालाई मध्यनजर गर्दै आफ्नो डिजिटल कारोबारमा ग्राहकहरूलाई प्रोत्साहन गर्नका निमित्त कुमारी बैंकले यस सहकार्य गरेको जनाएको छ ।

सहकार्यपछि कुमारी बैंकका डेबिट/क्रेडिट कार्ड वाहकहरु वा क्यूआर प्रयोगकर्ताहरुले बाजेकोको टोखा आउटलेटमा विभिन्न सेवा सुविधाको शुल्कमा १५% सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५९ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।


क्लिकमान्डु