प्रभु बैंकले शुरु गर्यो भिसा डाइरेक्ट रेमिट्यान्स सेवा



काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय रेमिट्यान्स भुक्तानीलाई सहज बनाउने उद्देश्यका साथ भिसा इन्टरनेशनलसँगको सहकार्यमा भिसा डाइरेक्ट सेवाको शुरु गरेको छ ।

यस सेवामार्फत् विदेशबाट यस बैंकको भिसा डेविट कार्डका ग्राहकहरुलाई बिना झण्झट सरल र सजिलै रेमिट्यान्स पठाउन सकिने व्यवस्था मिलाएको छ ।

यस सेवाअन्तर्गत भिसा डाइरेक्टमा सहभागी रहेका १८० भन्दा वढी देशहरुबाट नेट बैंकिङ, मोबाइल वा एटीएममार्फत् बैंकद्वारा जारी गरिएको १६ अंकको भिसा कार्ड नंम्बरमा विश्वको जुनसुकै स्थानबाट नेपालमा रहेका आफन्तजनहरुलाई सरल, सहज र सुरक्षित तरिकाले चाहेको समयमा नै रकम पठाउन सकिने भएको छ ।


क्लिकमान्डु