अर्थतन्त्र समस्यामा छ, विलाशी वस्तु आयात गर्नुभन्दा विदेशी मुद्रा बढाउने क्षेत्रमा लगानी गर्नुहोस्ः प्रधानमन्त्री



काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रको आन्तरिक र बाह्र क्षेत्र चापमा परेको बताएका छन् ।

नेपाल उद्योग परिसंघको १९औं साधारण सभाको उद्घाटन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा विलाशी र महँगा वस्तु आयात गर्नुभन्दा आन्तरिक उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न उद्योगी व्यवसायीलाई आग्रह गरे।

‘सरकारले स्वदेशी उद्योगलाई प्रबर्द्धन गर्न नीतीगत र कानून सुधार गर्दै आएका छ । अझै पनि कानूनी, नीतिगत र संस्थागत सुधार गर्न हामी प्रतिबद्ध छौं,’ प्रधानमन्त्री देउवाले भने, ‘अब तपाईंहरूले विदेशी कच्चापदार्थमा अधारित देशको अर्थतन्त्रलाई खासै योगदान गर्ने उद्योग भन्दा स्वदेशी कच्चापदार्थमा आधारित देशको अर्थतन्त्र बलियो बनाउने उद्योग स्थापनामा गर्नुपर्छ ।’

राष्ट्र बैंकले बजेट कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति लिएको ल्याएको भन्दै मौद्रिक नीतिले दिएको सहुलियत प्रयोग गर्दै उत्पादन मुलक उद्योग स्थापना गर्नतर्फ लाग्न प्रधानमन्त्री देउवाले आग्रह गरे।

प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा देझिएका समस्या सन्तुतित बित्त र मौद्रिक नितीमार्फत् समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

‘घट्दो विदेशी मुद्राको सञ्चिति जोगाउनु पर्ने छ। अनावश्यक र विलासी वस्तुको आयात गरेर विदेशी मुद्रा रित्याउने अवस्थामा हामी छैनौं,’ देउवाले भने, ‘हामीले आन्तरिक उत्पादन बढाउने गरी काम गर्नु पर्नेछ। अर्थतन्त्रलाई थप बिग्रन नदिन र ट्रयाकमा ल्याउन सरकार गम्भीर छ ।’

उद्योगको विकास बिना आर्थिक विकास हुन नसक्ने भन्दै आन्तरिक उत्पादन बढाउने र आत्मनिर्भर अर्थतन्त्र बनाउने गरी लगानी गर्न नीजी क्षेत्रलाई देउवाले आग्रह गरे।

देशको उद्योग र वाणिज्य क्षेत्रमा परिसंघको विशिष्ट योगदान भएको प्रधानमन्त्री देउवाले बताए ।

‘उद्योग वाणिज्य क्षेत्रमा नीति क्षेत्रमैत्री नीति लिन परिसंघले सरकारलाई समेत सहयोग गरेको छ,’ प्रधानमन्त्री देउवाले भने, ‘परिसंघले बढाएको मेक इन नेपाल अभियान मार्फत उत्पादनमुलक उद्योग प्रबर्द्धन गर्ने नीति सकारात्मक छ।


क्लिकमान्डु