श्रीलंकामा संकटकाल घोषणा



एजेन्सी । आर्थिक संकटमा फसेको श्रीलंकामा संकटकाल लागू भएको छ । श्रीलंकाका प्रधानमन्त्री रनिल बिक्रमसिंघेले संकटकाल घोषणा गरेका हुन् ।

श्रीलंकामा राजनीतिक तथा आर्थिक संकट उत्पन्न भएका बेलामा संकट लागू गरिएको हो । सरकारका प्रवक्ताका अनुसार पश्चिमी प्रान्तमा कफ्यू पनि लागू गरिएको छ ।

यसैबीच बुधबार विहान ३ बजे राष्ट्रपति गोटावाया राजपक्षे देश छाडेर भागिसकेका छन् ।

प्रधानमन्त्री बिक्रमसिंघले सर्वदलीय सरकार गठन हुने शर्तमा आफू राजीनामा दिन तयार रहेको समेत बताएका छन् ।

अझै पनि प्रदर्शनकारीहरु राजधानी कोलम्बोमा तैथान छन् ।


क्लिकमान्डु