काठमाडौं महानगरबासीलाई बालेनले दिए राहत, करका दर परिवर्तन भएन



काठमाडौं । काठमाडौं महानगरपालिकाले नगरबासीलाई राहत दिएको छ ।

महानगरपालिकाले यो वर्षका करका दरहरु परिवर्तन नगरे बजेट ल्याएको छ । बजेटसँगै ल्याइने आर्थिक विधेयकले करका दर परिवर्तन गर्ने हुँदा जनतालाई जहिलेपनि मूल्य बढ्ने चिन्ता थपिने गरेको थियो ।

यो पटक महानगरपालिकाले बजेटमा करका दरहरु परिवर्तन नगरेर यथावत राखेको छ । महागरपालिकाले बहालकर,सम्पत्ति कर,भूमिकर,व्यवसाय कर,जडीबुटी कवडाी र जीवजन्तु कर,सवारी साधन कर,विज्ञापन कर,मनोरञ्जन कर,बहाल बिटौरी शुल्क,सवारी साधन पार्किङ लगायतका शुल्क लिने गर्छ ।

महानगरपालिकाले २५ अर्बको बजेट ल्याएको छ ।

सञ्चित कोषमा जम्मा हुने २२ अर्ब, ३६ करोड, ९५ लाख, ४९ हजार र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाहरुबाट हुने आम्दानी, स्थानीय सञ्चित कोष बाहेकको बजेटमा समावेश हुने कुल ३ अर्ब, ५ करोड, १ लाख, ४७ हजार गरी कुल आगामी आर्थिक वर्षका लागि २५ अर्ब, ४१ करोड, ९६ लाख, ९६ हजार रुपैयाँको बजेट ल्याएको छ ।

स्थानीय सञ्चित कोषबाट खर्च हुने रकममध्ये आर्थिक विकास क्षेत्र अन्तर्गतका कार्यक्रमका लागि ५० करोड, २१ लाख, २४ हजार, कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब, ६८ करोड, ९८ लाख ६० हजार र पूर्वाधार विकास क्षेत्रका लागि ११ अर्ब, ८ करोड, ८९ लाख, ३ हजार बजेट विनियोजन गरिएको छ ।

सामाजिक विकास क्षेत्रको लागि १ अर्ब, ६२ करोड, २८ लाख, २२ हजार, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रका लागि ४ अर्ब, ४६ करोड, ५८ लाख, ४० हजार बजेट विनियोजन गरेको छ ।
नेपाल सरकार र प्रदेश सरकारबाट प्राप्त हुने सशर्त अनुदानतर्फ १ अर्ब, ३१ करोड, ३७ लाख, ६ हजारको श्रोत सुनिश्चित भएको पनि बताउनु भयो । उपप्रमुख डंगोलले काठमाडौं महानगपालिकाको आर्थिक वर्ष २०७९/८० को लागि २२ अर्ब, ३६ करोड,९५ लाख, ४९ हजार आम्दानी हुने प्रक्षेपण गरेको छ ।


क्लिकमान्डु