सबै स्थानीय तहले आज बजेट ल्याउदै



काठमाडौं । आज शुक्रबार ७५३ स्थानीय तहले नै आगामी आर्थिक वर्ष २०७९/८० का लागि बजेट ल्याउँदैछन् ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार आज सबै तहले बजेट ल्याउन लागेका हुन् । ऐनमा असार १० गते स्थानीय तहले बजेट ल्याइसक्नुपर्ने व्यवस्था रहेको छ ।

स्थानीय तहले बजेट ल्याउँदा संघीय सरकार र प्रदेश सरकारको अनुदान तथा आन्तरिक स्रोत प्रयोग गरी ल्याउने गर्दछन् । संघीय सरकारले जेठ १५ र प्रदेश सरकारले असार १ गते बजेट ल्याइसकेका छन् ।

संघीय सरकारले ल्याएको बजेटबाट गएको समानीकरण, सशर्त, विशेष र समानीकरण, राजस्व बाँडफाँटबाट प्राप्त हुने बजेट, प्राकृतिक स्रोतको बाँडफाँटबाट प्राप्त हुने रकम, कराधिकार, अन्य स्थानीय तहमा हुने आय र प्रदेश सरकारको बजेटबाट आएको अनुदान सहित स्थानीय तहले बजेट बनाउने गरेका छन् ।

यसरी बनाएको बजेट आज ल्याउन लागिएको हो । केही तहले भने यसअघि नै ल्याउन थालिसकेका छन् ।


क्लिकमान्डु