सुदुरपश्चिम प्रदेशले ल्यायो ३६ अर्ब ७४ करोडको बजेट (पूर्णपाठ)



काठमाडौं । सुदुरपश्चिम प्रदेश सरकारले अगामी आथिर्क वर्ष २०७९÷८० लागि ३६ अर्ब ७४ करोड रूपैयाँ बजेट पेश गरेको छ ।

आर्थिक मामिला मन्त्री प्रकाश रावलले बुधबार प्रदेशसभामा बजेट प्रस्तुत गर्दै आगामी आवको लागि ३६ अर्ब ७४ करोड ६४ लाख ६५ हजार रूपैयाँको बजेट विनियोजन गरेका हुन् ।

जसमध्ये सुदुरपश्चिम प्रदेशले कुल विनियोनमध्ये चालु खर्चको लागि १२ अर्ब २९ करोड ५९ लाख ८४ हजार रूपैयाँ अर्थात् ३३.४६ प्रतिशत र पुँजीगततर्फ २४ अर्ब १४ करोड ४७ लाख ६१ हजार रूपैयाँ अर्थात ६५.४७ प्रतिशत विनियोजन गरेको छ ।

चालु आर्थिक वर्ष २०७८÷७९ का लागि सुदुरपश्चिम प्रदेश सरकारले ३० वर्ष ३३ करोड ९४ लाख ५५ हजार रूपैयाँ बजेट विनियोजन गरेको थियो ।

यस्तै, सुदुरपश्चिम प्रदेश सरकारले अन्त सरकारी वित्तीय हस्तान्तरणतर्फ १ अर्ब ३६ करोड ४० लाख रूपैयाँ अर्थात ३.७ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३० करोड रूपैयाँ अर्थात ०.८२ प्रतिशत हुने गरि विनियोज व्यवस्था मिलाएको छ ।

आन्तरिक राजस्व परिचालनबाट २ अर्ब रूपैयाँ, नेपाल सरकारबाट राजस्व बाँडफाँट भई प्राप्त हुने अनुमानित रकम ९ अर्ब ६० करोड ५१ लाख रूपैयाँ, संघीय रोयल्टी भई प्राप्त हुने ४ करोड ९३ लाख २८ हजार रूपैयाँ, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण ९ अर्ब ७५ लाख रूपैयाँ र चालु आर्थिक वर्षको विनियोजनबाट हुने उनले बताए ।

कृषि तथा पशुपन्छी क्षेत्रको व्यवसायीक, आधुनिकरण, सामुहिकिरण र बजारीकरण गर्ने भएको छ ।

जमिन बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गरिने योजना अघि सारेको छ ।

बाँझो जमिनको सदुपयोग गरी कृषि तथा पशुपन्छी उत्पादनमा वृद्धि गर्न स्थानीय तहको समन्वयन तथा सहकार्यमा बाँझो जमिन बैंक स्थापना गरिने बताउँदै मन्त्री रावलले कृषि उपज, प्रशोधन तथा भण्डारीकरण तथा बजारीकरणका लागि १५ करोड रूपैयाँ विनियोज गरेको बताए ।


क्लिकमान्डु