आइएमईले वर्षमा एक खर्ब बढी रेमिट्यान्स भित्र्याउँछः अध्यक्ष ढकाल



काठमाडौं । आइएमई समूहका अध्यक्ष चन्द्र प्रसाद ढकालले वर्षमा आइएमईले एक खर्बभन्दा धेरै रेमिट्यान्स भित्र्याउने गरेको बताएका छन् ।

आइएमइर् लिमिटेडको २२ औँ वार्षिकोत्सवमा उनले उक्त कुरा बताएका हुन् । ढकालले एउटा कोठाबाट शुरु भएको कम्पनी अहिले यहाँसम्म आइपुगेको स्मरण गराए ।

शुरुका दिनमा महिनामा २० लाख डलर ल्याउने योजना सुनाउदा रास्ट्र बैंकले महत्त्वकांक्षी योजना भन्दै सफल हुनेमा शंका गरेको ढकालले स्मरण गराए ।

ढकालले अब रेमिट्यान्सलाई उत्पादनमुलक क्षेत्रमा लगाउने प्रयास गर्ने बताए । समूहले अहिले ४० हजारलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी दिएको जानकारी गराए ।


क्लिकमान्डु