वैदेशिक लगानी १८.२ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको १० महिनामा वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भएको छ ।

यो अवधिमा वैदेशिक लगानी १८.२ प्रतिशतले वृद्धि भई १६ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी १४ अर्ब ८ करोड रहेको थियो ।

१० महिनाको अवधिमा पुँजीगत ट्रान्सफर ४१.३ प्रतिशतले कमी आई ७ अर्ब ९९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।


क्लिकमान्डु