संरचना र विधि पुरानो भएकाले पुँजीगत खर्च बढाउन सकिएनः अर्थमन्त्री शर्मा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कार्यक्रम नयाँ भएपनि संरचना, विधि पुरानै भएका कारण पुँजीगत खर्च नभएको दाबी गरेका छन् ।

राष्ट्रिय सभामा बोल्दै उनले स्रोत, साधन जनशक्ति प्रयोग गर्दा पनि विधि पुरानै भएका कारण खर्च गर्न नसकेको बताए ।

उनले अब कृषि उत्पादन बढाउन सरकारले मल बीउमा व्यवस्था गर्ने बताए । यसका अनुगमन, नियमन सम्बन्धित निकायले गर्ने उनको भनाइ छ ।

अब नयाँ नयाँ उद्योग खुल्ने र त्यसको संरक्षणमा सरकारले काम गर्ने र
सरकारले नेपाली उत्पादन निर्यात गर्ने र निर्यात गर्नेलाई प्रोत्साहन दिने दाबी गरे ।

वार्षिकरुपमा १० करोड रुपैयाँको विद्युत् खपत गर्नेलाई २ देखि १५ प्रतिशत छुट दिने भन्दै उनले यसका लागि लागि कार्यविधि पनि बन्ने बताए ।

अब गाँउ गाँउमा साना साना उद्योग खाल्ने र त्यसका लागि सरकारले प्रोत्साहन गर्ने तर्क गरे । साना उद्योगलाई तालिम दिने र ठूला उद्योगलाई प्रोत्साहन गर्ने हो भने नेपालबाट निर्यात गर्न सकिने मन्त्री शर्माको दाबी छ ।

सरकारले निजी क्षेत्रलाई विकास साझेदारको रुपमा लिएको उल्लेख गरे । कोरोनाका कारण संकटमा परेको पर्यटन उद्योग अब शुरु भएको त्यो क्षेत्रमा भएका समस्या समाधान गर्दै जाने उल्लेख गरे ।

सगरमाथामा जान सबैलाई रहर हुने र त्यहाँ सहजै जाने वातावरण बनाउने हो भने त्यसबाट नेपालले लाभ लिन सक्ने दाबी गरे ।

उनले नेपालबाटै मानसरोवर हेर्ने ठाँउ भएको र त्यसका लागि व्यवस्था मिलाउने बताए ।

‘चतराबाट सगरमाथा पुग्न लगानीको आवश्यक छ । त्यसको स्रोत जुटाउन सकिन्छ । २ घन्टामा सगरमाथा वरिपरि पुग्ने वातावरण भयो भने करोडौं मान्छे त्यहाँ पुग्न सक्छन् । त्यसबाट थोरै रकम पायौ भने धेरै उपलब्धि हुन्छ,’ उनले भने ।


क्लिकमान्डु