बजेट मोटाएको होइन सुनिएको छ, यो रोगको लक्षण होः त्रिपाठी



काठमाडौं । सांसद हृदयश त्रिपाठीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट हेर्दा अलिकति सुन्निए जस्तो देखिएको बताए । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् ।

‘मोटाउनु र सुन्निु फरक हो’ उनले भने केही ठाँउमा सुनिएको जस्तो छ, केही ठाँउमा मोटाएको जस्तो छ, सुनिनु भनेको बिरामी हुनु हो, यो रोगको लक्षण हो ।’

नेपाली किसनलाई समयमा पानीे, खेतमा मल र समयमा नै उम्रिने बिउ भए पुग्ने उनको भनाइ छ । तर अहिले नै मलको अभाव सुरु भएको उनको तर्क छ । सरकारले आगामी आवको बजेटमा ३० प्रतिशत आयात घटाउने भन्नु अमिल्दो भएको उनको तर्क छ ।

आगामी आवको बजेटमा किसनलाई योगदानको आधारमा किसानलाई पेन्सन दिने भन्ने हावादारी कुरा रहेको उल्लेख गरे ।
योगदानको आधारमा पेन्सन पाउने आधार के हुने भन्दै प्रश्न गरेका छन् । सरकारले सनकको भरमा बजेट ल्याएको त्रिपाठीको बुझाई छ । अहिले ८२ प्रतिशत कृषि र १८ प्रतिशत किसनमाथी लगानी हुने गरेको उनको तर्क छ ।

बजेटमा विभिन्न कार्यक्रम ल्याईएको भएपनि त्यसको स्रोत सुनिश्चितता नभएको उनको बुझाई छ । आयात घटेपछि राजस्व घट्ने उनले बताए । त्रिपाटीले यो बजेट निबन्ध जस्तै भएको दाबी गरे ।

१० करोडको ठेक्का सहकारीले लगाउने कुन खालको समाजवाद हो भन्दै त्रिपाठीले प्रश्न गरेका छन् । सहकारीलाई किन ठेक्कामा लगाउने खोजेको हो आफूले नबुझेको उनको भनाइ छ ।

सरकारले बजेटमा आन्तरिक ऋण २ खर्ब ५० अर्ब उठाउने निर्णय गरेको भन्दै त्यसलेनागरिकको आर्थिक गतिविधि कम गराउने बताए । त्रिपाठीले सरकारलाई नागरिकको अधिकारलाई पनि ध्यान दिन आग्रह गरे ।

त्रिपाठीले नेपालमा धेरै दुर्घटना हुने बर्दघाट, धनुषाको ढल्के र लम्की भएको र ती ठाँउमा ट्रमा सेन्टर बनाउने भनेकोमा त्यसतर्फ सरकारको ध्यान नगएकोमा चिन्ता व्यक्त गरे । यी क्षेत्रमा ट्रमा बनाउने भनेपनि मन्त्रीहरुले यो हटाएको उनको तर्क छ । यसमा मन्त्रीको दुर्नियत देखिएको त्रिपाठीले बताए ।

झोलुङगे पुल केहीलाई केन्द्रमा राखेर बाँकी प्रदेशमा पुर्याउने काम गरेकोमा असन्तुष्टि जनाए । अघिल्लो आवको बजेटमा झोलुङले पुलका लागि बजेट विनियोजन गरेको र त्यसको प्रभावकारिता हेर्न सुुझाव दिए । त्यो बजेट कार्यान्वयन नभएको बताए । गृहकार्य नगरी बजेट यस्ता क्षेत्रमा हालिएका बजेटले विकास निर्माणमा प्रभाव पर्ने दाबी गरे । यो काम हचुवाको भरमा भएको उनको दाबी छ ।


क्लिकमान्डु