अर्थतन्त्रको चुनौति सत्तामा को छ, छैन भन्नेले अर्थ राख्दैन: मिनेन्द्र रिजाल




काठमाडौं । नेपाली कांग्रेसका नेता तथा संघीय संसदका सांसद मिनेन्द्र रिजालले कुनै दल सत्तामा हुँदा बित्तिकै अर्थतन्त्र बिगारेको भन्दै सबै दोष दिन नहुने विचार व्यक्त गरेका छन् ।

सरकारले आइतबार संसदमा पेश गरेको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमाथि छलफलमा भाग लिदै कसैको भूमिका फेरिदैमा बोली पनि फेर्न नहुने बताए ।

उनी अघि बोलेका पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेटका विषयमा व्यक्त गरेका विषयमा प्रतिक्रियादै भने, ‘अर्थतन्त्रको चुनौतिको विषयमा को सत्तामा छ र को सत्तामा छैन भन्नेले अर्थ राख्दैन । हामीले गम्भिर रुपमा छलफल गर्नुपर्छ ।’

आफूले कोरोना संक्रमणको बेलामा पनि मुलुकको आर्थिक वृद्धिदर ६.५ राख्दा ठिक मान्ने तर अहिले आर्थिक वृद्धिदर ८ प्रतिशत राख्दा हचुवा भन्न नहुने उनले बताए ।

‘उहाँले वृद्धभन्दा दिने उमेर ७० बाट ६८ प्रतिशतमा झारेको विषयमा चिन्ता व्यक्त गुर्नभएको छ,’ उनले भने, ‘फेरि किन ५ हजार नपुर्याएको पनि भन्नु भएको छ ।’ सरकारले गरेको तलब वृद्धिमा खुसी व्यक्त गर्ने बाहेक अरु केही नभएको उनले बताए ।

‘निर्वाचन प्रभावित पार्ने बजेट भनेर उहाँले भन्नु भयो,’ रिजालले पौडले प्रति इंगित गर्दै भने, ‘तपाईंहरुले पनि निर्वाचनलाई प्रभावित गर्ने गरी बजेट ल्याउनु भएको होइन ? भूमिका बदलिँदा बित्तिकै कुरा परिवर्तन गर्नु भएन ।’

आन्तरिक ऋण बढ्दो भएको प्रति टिप्पणी गर्दै रिजालले भने, ‘पहिलाको सरकारले छोड्ने बेलामा वैदेशिक र आन्तरिक ऋण कस्तो थियो ? हामीलाई मात्र दोष दिने कुरा होइन ।’

सरकारले उद्योग वृद्धि, नवप्रवर्तन विकासमा राम्रो कार्यक्रम ल्याएको बताए । यसलाई सबैले प्रशंसा गर्नुपर्ने बताए । ८३८ मेगावाट बिजुली सजिलै थपिने भन्दै शिक्षा, स्वाथ्य बीमा, पर्यटन र पूर्वाधार विकासको लागि राम्रो बजेट आएको बताए ।


क्लिकमान्डु