विद्युत् निर्यातको अनुमति निजी क्षेत्रलाई दिन इपानको माग



काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी तेस्रोे संस्करणको हिमालयन हाइड्रो एक्स्पो भव्यरुपमा सम्पन्न भएको छ ।

एक्पो चैत १९ गते शनिबारदेखि शुरु भएको थियो एक्स्पोले मुलुकको उर्जाक्षेत्रको विकास तथा विस्तारका लागि थप उर्जा प्रदान गरेको आयोजक तथा सहभागीको विश्वास छ ।

एक्स्पोको समापन सत्रमा स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)ले स्वदेशमा उत्पादित विद्युतको बिक्री बितरण तथा निर्यातको काम निजी क्षेत्रलाई दिन माग गरेको छ ।

इपान अध्यक्ष कृष्णप्रसाद आचार्यले उर्जामन्त्री पम्फा भुसाललाई विद्युत् खरिद बिक्री सम्झौता नरोक्न आग्रह गरेका हुन् ।
विद्युत खरिद बिक्रीको काम सरकार तथा विद्युत प्राधिकरणले गर्न नसक्ने भए निजी क्षेत्रलाई नै खरिद बिक्रीको काम गर्ने बाटो खुलाईदिन आचार्यले माग गरेका हुन् ।

‘विद्युत व्यापार गर्ने इजाजत पाएको खण्डमा हामी आफै पीपीए गर्छौ । यसो भएको खण्डमा विद्युत प्राधिकरणको आधा भन्दा धेरै समस्या समाधान हुन्छ,’ उनले भने ।

उनले जलविद्युतका प्रवद्र्धक तथा उत्पादकहरुले काम गर्दा धेरै निकाय धाउनु पर्ने समस्या रहेकोतर्फ उर्जामन्त्री भुषालको ध्यानाकर्षण गराएका थिए ।

‘अहिले कुनै पनि परियेजना शुरु गर्दा ७ मन्त्रालय २२ विभाग २ सय वट टेबलमा पुग्नु पर्छ,’ उनले भने, ‘त्योसँगै स्थानीय स्तरमा समेत विभिन्न खालका उल्झनहरु छन् । त्यसका लागि सरकारले जलविद्युत क्षेत्रलाई एकद्धार प्रणाली बनाउन आवश्यक छ ।’


सरकारले भनेका हरेक कुराहरु मान्न उर्जा व्यवसायीहरु तयार रहेको बताउँदै आचार्यले प्रतिफलको सुनिश्चिततामा जोड दिए ।


क्लिकमान्डु