मौद्रिक नीति समीक्षाको असर सेयर बजारमा, इन्डेक्ससँगै घट्यो कारोबार रकम



काठमाडौं । सोमबारको कारोबारमा पनि मौद्रिक नीतिको असर निकै देखिएको छ ।

कारोबारको सुरुमा थोरै सुधार देखिएपनि अन्तिम समयमा बजारमा दोहोरो अंकको गिरावट आएको छ । यो दिनको कारोबारमा नेप्से मापन गर्ने सूचक मात्रै नभएर कारोबार रकम पनि घटेको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमा गरेको ४/१२ को व्यवस्था पहिलो समीक्षामा संशोधन होला भन्ने आशामा रहेका थिए ।

राष्ट्र बैंकले मौद्रिक नीतिमा सेयर धितो राखेर लिइने कर्जा एउटा बैंकबाट ४ करोड सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोडसम्म मात्र कर्जा लिन पाउने व्यवस्था गरेको थियो । त्यो व्यवस्था संशोधन नहुँदा लगानीकर्ता निरास बनेका छन् । जसको असर बजारमा निरन्तर देखिन थालेको छ । आइतबारको कारोबार पनि देखिएको छ ।

सोमबार बजार मापन गर्ने सूचक २१.५१ अंकले घटेर परिसूचक २६२९.९८ बिन्दुमा रोकिएको छ । २२८ कम्पनीको ८२ लाख २५ हजार ८२२ कित्ता सेयर ४ अर्ब ८९ लाख ३७ हजार १३३ रुपैयाँको किनबेच भएको छ ।

कारोबारमा भारी गिरावट आउँदा पनि न्यादी हाईड्रोपावर र सामालिङ पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आइसिएफसि फाइनान्सको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।


क्लिकमान्डु