साताको सेयर : बजारमा ८०.२१ अंककाे सुधार, लगानीकर्ताको सम्पती १ खर्बले बढ्यो



काठमाडौं । यो साता सेयर बजार ८०.२१ अंकले बढेको छ । साताको कारोबारमा बजार मात्रै नभएर लगानीकर्ताको सम्पती पनि बढेको छ ।

५ दिन भएको कारोबारमा आइतबार २६८८.९२ बिन्दुमा रहेको बजार बिहीबारसम्म आइपुग्दा बजार ८०.२१ अंकले बढेर २७६९.१३ बिन्दुमा रोकिएको छ ।

आइतबार २६८८.९२ अंकमा रहेको बजार सोमबार २६.४३ अंकले बढेर २७१५.३५ बिन्दुमा रोकिएको थियो । यस्तै सोमबारको तुलनामा बजार मंगलबार ६९.२३ अंकले बढेर २७८४.५८ बिन्दुमा पुगेको थियो । बुधबार पनि बजार १६.९४ अंकले बढेर २८०१.५२ बिन्दुमा पुगेको थियो ।

सेयर कारोबारको अन्तिम दिन बिहीबार भने बजार बजारमा दोहोरो अंकको गिरावट देखिएको छ । बिहीबार बजार ३२.३९ अंकले घटेर २७६९.१३ बिन्दुमा रोकिएको छ । साताको कारोबारमा ४ दिनसम्म लगातार बढेको बजार अन्तिम दिन बिहीबार भने दोहोरो अंकको गिरावट देखिएको छ ।

यो साता बजार ८०.२१ अंकले बढेको छ । बजार बढ्दा कारोबार रकम पनि मध्यम खालको रह्यो । साताको कारोबारमा लगानीकर्ताको सम्पनी पनि बढेको छ । आइतबारको तुलनामा बिहीबारसम्म आईपुग्दा लगानीकर्ताको सम्पती १ खर्ब १२ अर्ब ८२ करोड ६२ लाख रुपैयाँले बढेको छ ।

आइतबार ३७ खर्ब ८१ अर्ब ९० करोड १६ लाख रुपैयाँ रहेको बजारपुँजीकरण बिहीबारसम्म आईपुग्दा ३८ अर्ब ९४ अर्ब ७२ करोड ७८ लाख रुपैयाँ पुगेको छ । आइतबारदेखी नै बजारपुँजीकरण बढेपछि बिहीबार भने केही घटेको छ । बुधबार ३९ खर्ब ४० अर्ब २८ करोड ४४ लाख रुपैयाँ रहेको बजारपुँजीकरण बिहीबार भने घटेको हो ।


क्लिकमान्डु