नेप्से सूचकमा भारी वृद्धि, आधा दर्जन कम्पनीको मूल्यमा सकारात्मक सर्किट



काठमाडौं । निकै समयपछि सेयर बजारमा दोहोरो अंकको सुधार देखिएको छ ।

साताको पहिलो दिन सामान्य गिरावट देखिएको बजारमा सोमबार र मंगलबार दोहोरो अंकको सुधार देखिएको छ । यो साता बजारमा चमक देखिन थालेको छ ।

मंगलबारको कारोबारमा नेप्से सूचकसँगै कारोबार रकम पनि बढेको छ । यो दिनको कारोबारमा नेप्से मापन गर्ने सूचक ६९.२२ अंकले घटेर परिसूचक २७८४.५८ बिन्दुमा रोकिएको छ । २२७ कम्पनीको १ करोड ९३ हजार २२१ कित्ता सेयर ५ अर्ब ५२ करोड १६ लाख ५० हजार ८५६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा ८ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको ३७ करोड २६ लाख ८८ हजार ४९८ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु