सेयर बजारमा तरलता अभावको त्रास, सूचकमा भारी गिरावट



काठमाडौं । वाणिज्य बैंकको लगानीयोग्य रकम (तरलता) अभाव हुँदा त्यसको असर सेयर बजारमा पनि परेको छ ।

तरलता अभाव भएसँगै बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा पुगेका छन् । तरलता अभावको कारण मंसिरबाट बैंक ब्याजदर बढ्ने चर्चासँगै सेयर बजारमा असर परेको छ ।

मंगलबार बजारमा भारी गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ७९.७९ अंकले घटेर परिसूचक २७४९.८६ बिन्दुमा रोकिएको छ ।
कारोबारमा ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १६.०५ अंकले बढेर ५१२.८२ बिन्दुमा रोकिएको छ ।

२२५ कम्पनीको १ करोड १९ लाख १७ हजार ७७ कित्ता सेयर ६ अर्ब ५२ करोड ७७ लाख २९ हजार ५४७ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबार रकमको आधारमा नबिल बैंक अगाडि देखिएको छ । बैंकको २९ करोड ८२ लाख ८१ हजार ७५२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रोमा शाहस उर्जा र अपी पावर कम्पनी रहेको छ ।


क्लिकमान्डु