अपडेट : कारोबार सुरु भएको डेढ घन्टामा ५८ अंंकले घट्यो सेयर बजार



काठमाडौं । सेयर कारोबार सुरु भएको डेढ घन्टाको अवधिमा बजार मापन गर्ने सूचक ५८.०८ अंकले घटेर परिसूचक २७७१.५६ बिन्दुमा रहेको छ । कारोबारको सुरु देखी नै घटेको बजारमा अहिलेसम्म पनि गिरावट देखिएको छ ।

ठूला समूहको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १०.७४ अंकले घटेर ५१८.१० बिन्दुमा रहेको छ । यो समाचार तयारपार्दासम्म २१४ कम्पनीको ४२ लाख ८५ हजार २७ कित्ता सेयर २ अर्ब ५५ करोड ८ लाख ५१ हजार २६६ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट देखिएको छ । बैंकिङ २४.१३, विकास बैंक २२३.९२, जलविद्युत ७७.८, फाइनान्स १०१.३४, निर्जीबन बीमा २६५.२५, माइक्रोफाइनान्स ११२.४६, जीवन बीमा समूहको उपसूचक ३४५.७३ अंकले घटेको छ ।


क्लिकमान्डु