सनराइज क्यापिटलको ४०% नगद लाभांश पारित



काठमाडौं । सनराइज क्यापिटलको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको ४० प्रतिशत (कर सहित) हुन आउने ८ करोड नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले सामान्य आर्थिक वर्ष २०७७÷०७८ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०७८ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण पारित गरेको छ ।

नेपालको प्रथम मर्चेन्ट बैंकका रुपमा स्थापना भएको कम्पनीले हाल सेयर रजिष्ट्रार, सेयर अन्डरराइटिङ्ग, म्युचुअल फण्ड व्यवस्थापन, लगानी व्यवस्थापन तथा कर्पोरेट एडभाईजरीको काम गरिरहेको छ ।

क्यापिटलले हाल सन्राइज म्युचुअल फण्ड अन्तर्गत सन्राईज फस्र्ट म्युुचुअल फण्ड तथा सन्राइज ब्लुचिप फण्ड योजनाहरु संचालन गर्दै आईरहेकोे छ । सन्राईज फस्र्ट म्युुचुअल फण्ड योजनाले आ.व. २०७७-०७८ को मुनाफाबाट इकाईधनीहरुलाई ५० प्रतिशत (कर सहित) प्रतिफल वितरण गरिसकेको छ । साथै निकट भविष्यमा यस कम्पनीले सन्राइज फोकस्ड इक्विटि फण्ड नामको तेस्रो सामूहिक लगानी कोष योजना संचालन गर्ने प्रक्रियामा रहेको छ ।


क्लिकमान्डु