एनआईसी एशिया बैंक ब्याजदर युद्धमा, निक्षेपमा ११.१०% ब्याजदर दिने



काठमाडौं । विदेशी मुद्रामा नक्कली निक्षेप राखेर कर्जा निक्षेप अनुपात(सीडी) रेसियो ८५ प्रतिशत बनाएको एनआईसी एशिया बैंकले निक्षेपको ब्याजदर १२५ प्रतिशतले बढाएको छ ।

एनआईसी एशिया बैंकको असार मसान्तमा विदेशी मुद्रामा ३ अर्ब रुपैयाँ निक्षेप थियो । भदौ मसान्तमा १९ अर्ब रुपैयाँ थियो ।

२ महिनाको अवधीमा प्रणालीमा नभएको नै निक्षेप १९ अर्ब रुपैयाँ देखाएको एनआईसी एशियाले प्रणालीलाई असर गर्ने खालको निक्षेप योजना ल्याएको छ । एनआईसी एशिया बैंकले असोज मसान्तको तुलनामा कात्तिक महिनामा १२५ प्रतिशतसम्मले बढाएको सूचना जारी गरेको छ ।

एनआईसी एशिया बैंकले असोज महिनामा सबै खाले बचत खातामा ३.६० प्रतिशतसम्म ब्याजदर दिएको थियो । कात्तिक महिनामा भने १७ खाले बचत खातामा ८.१० प्रतिशत ब्याजदर दिने योजना सार्वजनिक गरेको छ ।

एनआईसी एशिया बैंकको यस्तो योजनामा न्यूनतम बचत २५ हजार हुनुपर्छ । यस्तै अर्को बचत योजनामा ६.१० प्रतिशत ब्याजदर दिने जनाएको छ ।

मुद्दती निक्षेपमा एनआईसी एशियाली बैंकले ११.१० प्रतिशत ब्याजदर दिने जनाएको छ ।


क्लिकमान्डु