हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बिहीबार मर्जरको सम्झौता हुने



काठमाडौं । लामो समयदेखि प्रतिक्षा गरिएको हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको मर्जरको सम्झौतामा बिहीबार हस्ताक्षर हुने भएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंकको मर्जर प्रक्रिया अन्तिम चरणमा, आगामी साता टुंगो लाग्ने

दुई बैंकको संचालक समितिको बैठकले मर्जर सम्झौतालाई पास गरेको हुँदा बिहीबार मर्जर सम्बन्धी सम्झौतामा हस्ताक्षर हुन लागेको हो । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच १ बराबर १ को अनुपातमा मर्जर हुन लागेको हो ।

मिति नै तोक्दा पनि किन भएन हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जर सम्झौता ? यस्तो छ कारण

हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बुधबार उच्च व्यवस्थापक तथा ब्रान्च म्यानेजरसम्मलाई इमेल लेखेर इन्भेष्टमेन्टसँग मर्जरमा जान लागेको जानकारी दिएका छन् ।

इन्भेष्टमेन्ट र हिमालयनको मर्जरः इन्भेष्टमेन्ट बैंकको बोर्डले पारित गरेको डीडीए रिपोर्टमा के छ ?

मर्जरपछि बन्ने संस्थाको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी पाँडे हुने छन् भने सीइओमा हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा हुने छन् । नेपाल इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डे भूमिका सहितको डेपुटी सीइओमा हुने छन् ।

हिमालयन बैंकका सीइओ अशोक राणाले बिहीबार मर्जरमा जानको लागि सम्झौतापत्रमा हस्ताक्षर हुने जानकारी दिए ।

हबिबको सेयर ६ अर्ब रुपैयाँमा किन्न संस्थापक सेयरधनीलाई हिमालयन बैंकको पत्र

‘सबै कुरा मिल्यो बिहीबार सम्झौतापत्रमा हस्ताक्षर हुने छ,मर्जरपछि देशको ठूलो बैंक हुने छ,’राणाले भने ।

चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जर भएपछि निक्षेप ३ खर्ब हुने छ भने कर्जा २ खर्ब ८७ अर्ब हुने छ । बैंक,निक्षेप,कर्जा तथा चुक्ता पूँजीमा सबैभन्दा ठूलो हुने छ ।

बिहीबार छाया सेन्टरमा अल्फट होटलमा ३ बजे मर्जर सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ ।

यसकारण हिमालयन र इन्भेष्टमेन्ट बैंकको मर्जरमा ढिलाइ


क्लिकमान्डु