सेयर बजारको समाचारबाट इन्साइडर ट्रेडिङ गर्ने पत्रकारलाई जरिवाना, नेपालमा आउला यस्तै कानून ?



भारतको सेयर बजारको नियामक निकाय (सेबी)ले सीएनबीसी आवाज एन्कर हेमंत घईलाई च्यानलका लागि कुनै कार्यक्रम होस्ट गर्न प्रतिबन्ध लगाएको छ।

सीएनबीसी भ्वाइस नेटवर्क १८ समूहको एक च्यानल हो। नेटवर्क १८ ले एक विज्ञप्ति जारी गर्दै घईलाई तत्काल जिम्मेवारीबाट हटाएको जनाएको छ ।

सेबीले अनुसन्धानमा हमन्त घईले स्टक २० २०ु कार्यक्रमको बेला सेयरमा दिइएका जानकारीको बारेमा पहिल्लै थाह भएका थिए र आफ्नो फाइदाको लागि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यो सूचना प्रयोग गरेका थिए ।
घईले ‘स्टक २०-२०,मुनाफाका लागि तयारीु, सीएनबीसी आवाजका लागि कमाई गरेको जस्ता कार्यक्रम संचालन गर्छन् ।

यी कार्यक्रमहरूमा स्टक लगानीकर्ताहरूलाई कुन स्टक किन्न वा बेच्न सकिन्छ भनेर जानकारी दिने गरिन्छ ।

सेबीले अर्को आदेश नआएसम्म कुनै पनि लगानी सम्बन्धी सल्लाह दिनका लागि हेमन्त घलाई प्रतिबन्ध लगाएको छ। सेबीको निर्देशनको कारण अब उनले सेयर बजारका सम्बन्धी कुनै जानकारी दिन पाउने छैनन् ।

सेबीले घईलाई २ करोड ९५ लाख रुपैयाँ जरिवाना समेत लगाएको छ । जुन उनले सेयर बजारको सूचनाको गलत प्रयोग गरेर कमाएका थिए ।

सेबीले जनवरी १३ मा जारी गरेको आफ्नो आदेशमा भनिएको यो कार्यक्रममा भनिए अनुसार जया हेमंत घई र श्याम मोहिनी घईले धेरै संख्यामा बाइ टुडे  सेल टुमोरो (बीटीएसटी) दिएको कुरा थाहा पायो। जुन दिन स्टक २०-२० लाई स्टकको बारेमा सल्लाह दिइएको थियो त्यो सेयर घईले अघिल्लो दिन खरिद गरेका थिए र अर्को दिन बिक्री गरेका थिए ।

हेमन्त घई दुई खाताबाट कारोबार गरेका थिए । त्यो खाता उनको आमा र श्रीमतीको नामा थियो ।

यदि कसैसँग स्टकको बारेमा जानकारी छ भने उसले यस बारे गलत जानकारी दिएर मूल्य बढाउँदछ र जब मूल्य बढ्छ, उसले स्टक बेच्छ।

यस तरिकाले, राम्रो नाफा अन्य लगानीकर्ताहरूलाई भ्रमित गरेर गरिन्छ।

सेबीले शोको बखत खुलासा गरिएको स्टक एक दिन अघि नै खरीद गरेको र अर्कोदिन बिक्री गरेको थाह पाएको थियो । अर्थात घईले सेयर बजारमा इन्साइर ट्रेडिङ गरेका थिए ।
सेबीले सन् २०१९ जनवरी १ देखि २०२० मइ २०२० सम्मको खाता अध्ययन गरेका थिए । यस्ता गतिविधिहरू सेबीको धोखाधडी र अनुचित व्यापार व्यवहारको निषेध नियम अन्तर्गत निषेध गरिएको छ ।

सेबीको आदेशको प्रतिलिपि सीएनबीसी आवाजलाई समाचार प्रसारण मानक प्राधिकरणलाई आवश्यक कदम चाल्न पठाइएको छ।

पूर्व सेबी ईडी जेएन गुप्ताले बीबीसीलाई भने, यस प्रकारको गतिविधिबारे स्पष्ट नीति छ। यदि तपाईसँग कुनै सेयर छ भने तपाईले आफ्नो नियामकलाई भन्नु पर्छ। तपाई रिपोर्टर, निर्माता वा एंकर हुनुहुन्छ। नाफा बनाउनका लागि जानकारी प्रयोग गर्न मिल्दैन,,तपाईले आफ्नो कार्यक्रमको बखत उल्लेख गरेको स्टकमा व्यापार गर्न सक्नुहुन्न।ू

उनले भने, ूसेबीले उनलाई व्यापारबाट बनाएको पैसा समर्पण गर्न आग्रह गरेको छ। उनीलाई आफ्नो स्थिति स्पष्ट पार्न पनि केही समय दिइनेछ। उनलाई जेलको सजाय नहुन सक्छ तर जीवनभर शेयर बजारबाट टाढा राख्नु पर्छ।ू उनी र उनको परिवारको कुनै सदस्य बजारसँग सम्बन्धित कुनै गतिविधिमा भाग लिन सक्दैनन्।

भारतमा सेयर बजारमा इन्साइडर ट्रेडिङको आरोपमा यो विषयमा कार्यक्रम चलाउने प्रस्तोतालाई कारवाही भएको पहिलो घटना हो । यस्तै काम गर्ने अरु च्यानलका पत्रकारमाथि भने कारवाही भएको छैन ।
नेपालमा पनि संचारमाध्यमहरुले आफ्नो व्यक्तिगत फाइदाको लागि सेयरको मूल्य घटाउन तथा बढाउन समाचार दिने गरेको आरोप लाग्ने गरेको छ । यद्यपी संचारमाध्यममा आएको विषय भने धितोपत्र बोर्डले अनुसन्धानको दायरामा ल्याएको छैन । यसरी चलखेल गरेर समाचार दिनेलाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने माग उठेको छ ।


क्लिकमान्डु