सेयर बजारमा उत्साह कायमै, इन्डेक्स साढे २२ सय कट्यो
काठमाडौं । सेयर बजारमा उछाल आउने क्रम जारी नै रहेको छ । कारोबारको सुरुमा केही बढेर ओरालो लागेको बजार पुन सुधारको बाटोमा लागेको थियो ।
जसका कारण अन्तिमसम्ममा नेप्से मापन गर्ने सूचक २८.३१ अंकले बढेर परिसूचक २२६७.७३ बिन्दुमा रोकिएको छ । यो अहिलेसम्मको सबैभन्दा बढी हो । पछिल्लो समयमा सेयर बजारले दैनिक रुपमा आफ्नो नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ ।
२०२ कम्पनीको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता सेयर ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८९७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा टे«डिङ समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी सबै समूहको उपसूचकमा निकै नै सुधार देखिएको छ ।
कारोबार रकमको आधारमा प्रिमियर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ। इन्स्योरेन्सको २९ करोड ६ लाख ३४ हजार ४७० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा प्रभु बैंक र अप्पर तामाकोशी रहेका छन् ।