चन्द्रागिरिको आइपीओमा एक दिन अगावै करिब साढे १५ गुणा आवेदन
काठमाडौं । चन्द्रागिरि हिल्सको साधारण सेयर (आइपीओ)मा माग भन्दा बढी आवेदन परेको छ ।
उक्त आईपीओमा २ करोड १४ लाख १३ हजार १५० कित्ताको लागि आवेदन परेको छ । सोमबारसम्म १० लाख ८५ हजार ६९ जना आवेदकले २ अर्ब १४ करोड १३ लाख १५ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।
आवेदकले भाेली २८ गतेसम्म प्रतिकित्ता एक सय रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १३ हजार ९६० कित्तासम्म आवेदन दिन पाउनेछन् ।
हिल्सले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको छ ।
उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ ।
बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने छन् । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।