सेयर बजारमा उछाल आउँदा पनि ४४ कम्पनीका लगानीकर्ताले गुमाए
काठमाडौं । सेयर बजारमा उछाल आउँदा पनि ४४ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
सेयर बजारमा साताको पहिलो दिन उछाल आएको छ । कारोबारको सुरुदेखि नै बढेको बजार अन्तिमसम्म पनि कायम नै रह्यो । बजार बुलिस टे«न्डमा रहँदा पनि केही लगानीकर्ताले भने गुमाएका छन् ।
कारोबारमा सबैभन्दा बढी निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । त्यस्तै हिमाल दोलखा हाईड्रोपावर, एनएलजी इन्स्योरेन्स, नेरुडे लघुवित्त विकास बैंक, दिव्यश्वरी हाईड्रोपावर, यूनाइटेड आईडीआई आरबी हाईड्रोपावर, यूनियन हाईड्रोपावर लगायत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
कारोबारमा ११७ कम्पनीको लगानीकर्ताले भने कमाएका छन् । कारोबारमा प्रभु लाइफ इन्स्योरेन्सक र नारायणी डेभलपमेन्ट बैंकको कारोबारमा सकारात्मक सर्किट लागेको छ । कुमारी बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, यूनाइटेड फाइनान्स लगायतका संस्थाका लगानीकर्ताले कमाएका छन् ।