सूचीकृत संगठित संस्थासँग नेप्सेले माग्यो विवरण
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सूचीकृत संगठित संस्थाको विवरण माग गरेको छ । नेप्सेले संगठित संस्थाको बर्गिकरणको लागि आवश्यक विवरण माग गरेको हो ।
नेप्सेका अनुसार सूचीकरण विनियमावली-२०७५ को विनियम ११ बमोजिम सूचीकृत संगठित संस्थाहरुको वर्गिकरण गर्नु पर्ने भएकोले आवश्यक कागजात माग गरेको नेप्सेले जनाएको छ ।
नेप्सेका अनुसार संगठित संस्थाले माघ १५ गतेसम्म कार्यालय समयभित्र पुग्ने गरी आवश्यक कागजात पेश गर्नुपर्ने छ ।