सेयर बजारमा करेक्सन, कारोबार रकममा शिखरको अग्रता



काठमाडौं । सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । उच्च बिन्दु कायम गरेकाे बजारमा केही करेन्सन देखिन थालेकाे छ । याे दिन पनि कारोबारको सुरुमा केही घटेर पुन बढे पनि अन्तिम समयमा आईपुग्दा नेप्से मापन गर्ने सूचक ३.५४ अंकले घटेर परिसूचक २१६५.४९ बिन्दुमा रोकिएको छ ।

२०६ कम्पनीको १ करोड ८ लाख ९ हजार ६२५ कित्ता सेयर ४ अर्ब ५६ करोड ६३ लाख ८१ हजार १७८ रुपैयाँमा किनबेच भएको छ ।

कारोबारमा विकास बैंक, जलविद्युत कम्पनी, निर्जीबन बीमा समूहको उपसूचक बढेपनि अन्य समूहको उपसूचकमा गिरावट देखिएको छ । कारोबार रकमको आधारमा शिखर इन्स्योरेन्स अग्रस्थानमा रहेको छ ।

इन्स्योरेन्सको ६९ करोड ६ लाख ८७ हजार रुपैयाँको सेयर कारोबार भएको छ । त्यस्तै दोस्रो र तेस्रो स्थानमा नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनी रहेका छन् ।

यो दिन जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, हिमाल दोलखा हाईड्रोपावरका लगानीकर्ताले कमाएका छन भने साल्ट टे«डिङ कर्पोरेशन, हिमालयन डिड्रिलरी, बिशाल बजार कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु