सेयर बजारमा उछाल, कारोबार रकममा शिवम् सिमेन्ट अगाडि



काठमाडौं । सेयर बजारमा उछाल देखिएको छ । कारोबारको सुरुदेखि नै बढेको बजारमा अन्तिम समयमा ४९.१७ अंकले बढेर २०६२.०६ बिन्दुमा रोकिएको छ ।

२०८ कम्पनीको ९९ लाख १० हजार ३ कित्ता सेयर ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार ५७९ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ८.८६ अंकले बढेर ३९१.३० बिन्दुमा रोकिएको छ ।

कारोबारमा होटल र विकास बैंक समूहको उपसूचकमा गिरावट आएको छ भने बाँकी समूहको उपसूचकमा सुधार देखिएको छ ।

बैंकिङ समूहको ३०.५९, निर्जीबन बीमा १४६.८, उत्पादन तथा प्रशोधन ३४८.२१, माइक्रोफाइनान्स ८५.०८, जीवन बीमा समूहको उपसूचक १५३.४५ अंकले बढेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । सिमेन्टको ३४ करोड ४४ लाख ६९्र हजार ४७९ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा एनआईसी एसिया बैंक र हिमालयन डिष्ट्रिलरी रहेको छ ।


क्लिकमान्डु