सेयर बजारमा सामान्य सुधार, कारोबार रकम भने घट्दै
काठमाडौं । सेयर बजारमा सामान्य सुधार देखिएको छ । धेरै उतारचढावका बीच बजारमा सामान्य सुधार देखिएको हो । नेप्से मापन गर्ने सूचक ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा रोकिएको छ ।
नेप्सेमा सुधार आएपनि कारोबार रकममा भने क्रमिक रुपमा घटदै गएको छ ।
२१४ कम्पनीको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँको सेयर किनबेच भएको छ । अघिल्ला दिनको भन्दा कारोबार रकममा निकै कमी आउन थालेको छ ।
कारोबारमा बैकिङ समूहको उपसूचक ९.३४, निर्जीबन बीमा ७५.३३, उत्पादन तथा प्रशोधन समूहको ९७.९९, जीवन बीमा समूहको उपसूचक २९.६५ अंकले बढेको छ ।
कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ३४ करोड ९१ लाख ८० हजार ५२ रुपैयाँको सेयर किनबेच भएको छ ।