ब्रोकर कमिशन घट्दा पनि सेयर बजारमा पहिरो, कारोबारमा नेपाल लाइफ अगाडि



काठमाडौं । धितोपत्र बोर्डले नयाँ ब्रोकर कमिशन लागु गरेको दिन नै सेयर बजारमा पहिरो गएको छ । यो सँगै लगानीकर्ताले नयाँ ब्रोकर कमिशनलाई पूर्ण रुपमा स्विकार गर्न नसकेको देखिएको छ ।

ब्रोकर कमिशन घटेलगत्तै बजारमा उछाल आँउछ भनिएपनि बजारमा पहिरो गएको छ । कारोबारको सुरुदेखि नै घट्न थालेको बजार अन्तिमसम्म पनि घटिनै रहयो । बजारमा निरन्तर जस्तै गिरावट आउँदा नेप्से मापन गर्ने सूचक ३९.९८ अंकले घटेर परिसूचक १९९८.६५ बिन्दुमा रोकिएको छ ।

२०४ कम्पनीको ८२ लाख ५४ हजार ७०८ कित्ता सेयर ४ अर्ब ६६ करोड ९३ लाख ६३ हजार ६५८ रुपैयाँको सेयर किनबेच भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ५.३३ अंकले घटेर ३८१.४३ बिन्दुमा रोकिएको छ । कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ ।

बैंकिङ २३.१२, होटल ९३, निर्जीबन बीमा २३८.४५, जीवन बीमा ५१९.४८, माइक्रोफाइनान्स समूहको उपसूचकमा ४१.८५ अंकको गिरावट आएको छ । कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । इन्स्योरेन्सको ६८ करोड ३९ लाख ७२ हजार ७४६ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु