नागरिक लगानी कोषले हकप्रद सेयर निष्काशन गर्ने



काठमाडौं । नागरिक लगानी कोषले सेयरधनीहरुलाई प्रतिकित्ता एक सय रुपैयाँको दरले १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ ।

कोषले १ः०.८२८४ अनुपातमा पुस २८ गतेबाट हकप्रद निष्कासन गर्न लागेको हो । उक्त हकप्रदमा माघ १९ गतेसम्म आवेदन दिन सकिनेछ । हकप्रदमा पुस १३ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्रै आवेदन दिन पाउने छन् । १४ गते बुकक्लोज हुने छ ।

उक्त हकप्रदमा मेरो सेयर, सि-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैकिङ रहेको छ ।


क्लिकमान्डु