एचआईडीसीएलका सेयरधनीको हात खाली, लाभांश नदिने



काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट (एचआईडीसीएल) कम्पनीका सेयरधनीको हात खाली हुने भएको छ ।

कम्पनीका लगानीकर्ताले यो वर्षको कुनै पनि लाभांश नपाउने भएका छन् । कम्पनीले साधारणसभाको समय तोकेको छ । पुस २९ गते भर्चुअल रुपमा साधारणसभा हुने भएको छ ।

उक्त साधारणसभाको लागि कम्पनीले पुस १७ गते बुक क्लोज गर्ने भएको छ । १६ गतेसम्म कायम भएका सेयरधनीहरुले साधारणसभामा भाग लिन पाउने छन् ।

साधारणसभामा आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदनमा छलफल गर्ने, लेखापरिक्षक तोक्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव रहेको छ ।


क्लिकमान्डु