एचआईडिसीएलले तत्काल हकप्रद नल्याउने, क्रेडिट रेटिङ सुरु



काठमाडौं । हाईड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडिसीएल)ले हकप्रद सेयर तत्काल नआउने भएको छ ।

हकप्रद सेयर आउने भनेर लामो समयदेखि चर्चा गरेपनि बल्ल कम्पनीको रेटिङको काम सुरु भएको छ ।

कम्पनीका अनुसार हकप्रद सेयर निष्काशनको लागि धितोपत्र बोर्डबाट जारी धितोपत्र दर्ता तथा निष्काशन नियमावली २०७३ को नियम ९ को ख मा भएको व्यवस्था अनुसार कम्पनीको क्रेडिट रेटिङ गराउनु पर्ने व्यवस्था छ ।

उक्त व्यवस्था अनुुसार रेटिङको काम अघि बढाएको जानकारी गराउँदै रेटिङ सकिएपनि हकप्रद सेयर लिन बाँक्ी रहेका कम्पनीका संस्थापक सेयरधनीहरुबाट निर्णय प्राप्त भएपनि बोर्डको स्वीकृत लिएर सर्वसाधारणलाई हकप्रद जारी गर्ने भएको छ ।


क्लिकमान्डु