नेप्सेले सेयरधनीलाई ५० प्रतिशत लाभांश दिने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयरधनीलाई ५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । चुक्ता पुँजीको ३० प्रतिशत नगद र २० प्रतिशत बोनस सेयर वितरण गर्ने नेप्से सञ्चालक समितिले मंगलबार निर्णय गरेको हो ।
सो लाभांश नेप्सेको पुस २९ गते सम्मन्न हुने ३९औं वार्षिक साधारणसभाले पारित गरेपछि वितरण गरिने उल्लेख गरिएको छ ।
नेप्सेले हालको चुक्ता पुँजी ५० करोड रुपैयाँको ३० प्रतिशतको दरले हुन आउने १५ करोड नगद लाभांश २० प्रतिशत बोनस सेयरमा लाग्ने करसहित वितरण गर्ने भएको हो ।
वार्षिक साधारणसभामा प्रबन्धपत्र÷नियमावली संशोधन गर्ने र अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने विषेश प्रस्ताव गरिएको छ ।