पुनर्बीमा कम्पनीका लगानीकर्ताको हात खाली, बुक क्लाेज कहिले ?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताको यो पटक हात खाली हुने भएको छ । यो पटक कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ ।
कम्पनीको साधारणसभा पुस २९ गते कार्की ब्याङक्वेट बबरमहलमा बिहान ११ बजेदेखि सुरु हुने छ ।
कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७५÷०७६ को सञ्चालक समितिको बार्षिक प्रतिवेदनमा छलफल गर्ने, लेखापरिक्षक नियुक्ती गर्ने र निजको पारिश्रमीक तोक्ने प्रस्तावमा छलफल गर्ने छ ।
यस्तै संस्थागत र सर्वसाधारण सेयरधनीबाट १÷१ जना कम्पनीको सञ्चलाक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन गर्ने भएको छ । यस्तै सञ्चालक समितिको निर्णय बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्च गरिएको रकमलाई अनुमोदन गर्ने प्रस्ताव गर्ने भएको छ ।
कम्पनीले साधारणसभाको लागि पुस १६ गते बुक क्लोज गर्ने भएको छ । पुस १५ गतेसम्म कायम रहेका लगानीकर्ताले मात्रै साधारणसभामा सहभागी जनाउन पाउने छन् ।