लिखु खोला हाइड्रोपावरको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष
काठमाडौं । लिखु खोला हाईड्रोपावर कम्पनीको आईपीओ (साधारण सेयर) निष्काशनको लागि नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्ताको रुपमा नियुक्त गरेको छ ।
लिखु खोला हाइड्रोपावर कम्पनीले जारी पूँजी ३ अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजी मध्ये २० प्रतिशतले हुन आउने सर्वसाधारण, आयोजना प्रभावित तथा सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीलाई ६२ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्न लागेको छ ।
कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँका दरले ६२ करोड ५० लाख रुपैयाँको आईपीओ जारी गर्न लागेको छ ।
शेयर प्रत्याभुती गर्नका लागि कोषका कार्यकारी निर्देशक रमण नेपाल र ग्रिन भेन्र्चका अनिल अग्रवालले सम्झौता-पत्रमा हस्ताक्षर गरेका छन् । रामेछाप र ओखलढुङ्गा जिल्लाको सिमानामा रहेको लिखु खोलाबाट ५२.४ मेगावाट बिद्युत उत्पादन गर्ने उत्तः आयोजनाको निर्माण कार्य ८५ प्रतिशत सकिएको छ ।