नेप्सेले बरुण हाईड्रोपावरलाई सोध्यो तीन दिने स्पष्टिकरण, कारोबार रोक्का



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बरुण हाईड्रोपावर कम्पनीलाई सूचीकरण स्थगन गरी तीन दिने स्पष्टिकरण सोधेको छ ।

कम्पनीले लाभांश सम्बन्धी जानकारी समयमा नै नेप्सेलाई जानकारी नगराएको भन्दै तीन दिने स्पष्टिकरण सोधेको हो । कम्पनीले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट शेयरधनीलाई ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत लाभांश दिने प्रस्ताव कारोबार समयमा नै गरेको थियो ।

धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२(१) (घ) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि त्यस्तो सूचना, जानकारी तथा निर्णय संस्थाले नेप्सेमा पेश गर्नु पर्ने व्यवस्था रहेको छ ।

तर कम्पनीले उक्त विनियममा भएको व्यवस्था पालना नगरेकोले उक्त विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरुप नेप्सेले दोस्रो कारोबार स्थगन गरी तीन दिने स्पष्टिकरण सोधेको जनाएको छ ।


क्लिकमान्डु