ग्लोवल आइएमई लघुवित्तले २८.९२ प्रतिशत लाभांश दिने
काठमाडौं । ग्लोवल आइएमई लघुवित्तले सेयधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ वितरणयोग्य नाफाबाट २८.९२ प्रतिशत लाभांश दिने घाेषणा गरेको छ ।
कम्पनीको मंसिर २८ गते बसेको सञ्चालक समितिको बैठकले बोनस सेयर २७.४७ प्रतिशत र बोनस सेयरको कर प्रयोजनार्थ १.४५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
बोनस सेयर नेपाल राष्ट्र बैंक तथा संस्थाको साधारणसभाले पारित गरेपछि पाइनेछ ।