लय समात्दै सेयर बजार, नेप्से ४६ अंकले बढ्यो



काठमाडौं । गत साता उतारचढाव बेहोर्दै साताको अन्तिम बिहीबार ८ अंकले बढेको सेयर बजार आइतबार लय समात्दै ४६ अंकले नेप्से परिसूचक बढेर २०१०.४५ अंक पुगेको छ । तर कारोबार रकम भने ४ अर्ब ८९ करोड ९४ लाख रुपैयाँमा मात्रै सीमित भएको छ ।

आइतबार हाइड्रोपावर, होटल र ट्रेडिङ कम्पनीको उपसूचकमा रातो देखिए पनि अन्य सूचकमा पनि हरियो देखिएको छ ।

गत सातासम्म लगातार बढिरहेको माथिल्लो तामाकोसीको सेयर पनि आइतबार घटेको छ भने बैंकिङ र बीमा कम्पनीको सेयरको भाउ बढेको छ ।

आइतबार १४० वटा कम्पनीको सेयर मूल्य बढ्दा ३८ वटा कम्पनीको सेयर मूल्इ घटेको छ भने २५ वटा कम्पनीको सेयरमूल्य भने स्थिर देखिएको छ ।

आइतबार सबैभन्दा बढी माहुली सामूदायिक लघुवित्त वित्तीय संस्था, साधना लघुवित्त वित्तीय संस्था, नारायणी विकास बैंक, हिमालय डिस्टिलरी, शिवम्, नेपाल लाइफ इन्स्योरेन्सलगायतका कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन् ।

त्यसैगरी सबैभन्दा बढी गुमाउनेमा जलविद्युत् कम्पनी अगाडि छन् । जसमा माथिल्लो तामाकोसी, आँखुखोला जलविद्युत्, अरुण काबेली पावर, दिव्यश्वोरी हाइड्रो, रसुवागढी हाइड्रो, बोटलर्स नेपाल तराइ, सानजेन जलविद्युत् लगायतका कम्पनीले लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् ।


क्लिकमान्डु