अरुण भ्याली हाइड्रोपावरले ५.२६ प्रतिशत लाभांश दिने



काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सेयरधनीहरुलाई ५.२६३ प्रतिशत लाभांश वितरण गर्न भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ०.६२३ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने भएको हो ।

सो लाभांश कम्पनीको २३औं वार्षिक साधारणले पारित गरेपछि वितरण गरिने जनाइएको छ ।

यसका साथै कम्पनीको २१औं साधारण सभाले पारित गरेको एक बराबर एक अनुपातमा हकपद सेयर मध्ये प्रथम चरणमा काबेली बी–१ क्यासेड आयोजना निमार्णको लागि आवश्यक पर्ने स्वपुँजी समेत अबको साधारण सभाले पारित गर्ने प्रस्ताव कम्पनीले गरेको छ । सभाले पारित गरेपछि बोनश सेयर पश्चात कायम हुने कम्पनीको चुक्ता पुँजीको एक बराबर शुन्य दशमलव पाँचको अनुपात हकपद सेयर जारी गरिने कम्पनीले जनाएको छ ।

पुस ८ गते अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सभाकक्षमा हुने कम्पनीको वार्षिक साधारण सभाबाट उक्त लाभांश र हकपद सेयर पारिद गरी वितरण हुने बताइएको छ । सो साधारण सभा भर्चुअल माध्यमबाट सम्पन्न गरिने उल्लेख छ ।


क्लिकमान्डु