आईसीएफसी फाइनान्सले १५ % लाभांश दिने



काठमाडौं । आईसीएफसी फाइनान्सले शेयर लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट १०.५० प्रतिशत बोनस र ४.५० प्रतिशत नगदसहित १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु