मञ्जुश्री फाइनान्सले २३.५० % लाभांश दिने



काठमाडौं । मञ्जु श्री फाइनान्सले शेयर लगानीकर्तालाई २३.५० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

फाइनान्सले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो ।

फाइनान्सले १८ प्रतिशत बोनस र ५.५ प्रतिशत नगद (करसहित) लाभांश दिने प्रस्ताव गरेको छ ।

फाइनान्सको उक्त प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत र आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउने छन् ।


क्लिकमान्डु